काठमाडौ– नेकपा एमालेको आजदेखि विधान महाधिवेशन सुरू भएको छ । ललितपुरको गोदावरीस्थित सनसाइज सभाहलमा एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्नेछ । विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ । महाधिवेशनमा देशैभरबाट ६ हजारभन्दा धेरै प्रतिनिधिहरु सहभागी हुने एक नेताले बताएका छन् ।
विधान महाधिवेशनमा निम्नानुसार प्रतिनिधिहरु सहभागी हुँदैछन् ।
-केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु– १९६
-केन्द्रीय आयोग तथा परिषद्– २१३
-केन्द्रीय विभाग– ३१०
-जनसंगठन– २२०
-प्रदेश कमिटी– २२७१
-उपत्यका विशेष कमिटी– १९८
-सम्पर्क समन्वय कमिटी– ३६०
-जिल्ला कमिटीक पदाधिकारी– ३६४
-निर्वाचन क्षेत्रबाट– ४०७
-प्रवास क्षेत्र– १२६
– स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु– ९३४
– एकता प्रक्रियाबाट समायोजन– ५३२
केन्द्रीय कमिटीबाट मनोनयन– ५६६
जम्मा– ६३४७