Sun. Mar 16th, 2025

नेपाल भारतसँग जोडिएका ८ वटै नाका खुले

एजेन्सी –

सर्लाहीका ८ वटै नेपाल(भारत सीमा नाका खुला गर्ने निर्णय स्थानीय प्रशासनले गरेको छ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सर्लाहीको बैठकले भारतसँग सीमा जोडिएका ८ वटै नाका खुला गर्ने निर्णय गरेको हो।

आइतवार दिउँसो सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा डीसीएमसीको बैठक बसेको थियो।

नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका ८ वटै नाका खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।

बैठकले सदरमुकाम मलंगवास्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित संग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलंगवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बाराउद्योरण र फेन्हरा नाका खुला गर्ने निर्णय गरेको हो।

खुला गरिएका सबै नाकामा हेल्थ डेक्स स्थापना गर्ने निर्णय स्थानीय प्रशासनले गरेको छ। स्वास्थ्य कार्यालयमार्फत ती नाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको सीडीओ महतोले जानकारी दिए।

About The Author

अन्य समाचारहरु: