शंकर श्रेष्ठ
धादिङ– नेपाली कांग्रेस धादिङको गाउँ÷नगर अधिवेशनले १० वटा पालिकामा सभापति चयन गरेको छ । गंगाजमुना र सिद्दलेक गाउँपालिकामा नेतृत्वका लागि मतदान भएको छ ।
मतदानबाट गंगाजमुनामा फैसिङ तामाङ र सिद्दलेकमा रामशरण गिरी सभापतिमा विजयी भएका छन् ।
धुनिवेसी नगरपालिकासहित ९ पालिकामा सर्वसम्मत सभापति चयन भएको छ । धुनिवेसीमा सुरज उप्रेती, गल्छी गाउँपालिकामा दिपक कार्की, थाक्रे गाउँपालिकामा रामप्रसाद बिडारी, गजुरी गाउँपालिकामा भुमी कडेल, वेनिघाट रोराङ गाउँपालिकामा ऋषिनाथ त्रिपाठी, ज्वालमुखी गाउँपालिकामा रेशमराज काप्री, त्रिपुरासुन्दरी गाउँपालिकामा राजु उप्रेती, खनियाबासमा मरिचमान तामाङ सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् ।
नीलकण्ठ नगरपालिकाको मतदान शनिबार साँझ सुरु भएको केहिबेरमै रोकिएको छ । मतदानस्थलमा दुई पक्षबीच विवाद हुन थालेपछि मतदान स्थगित गराएको हो । नीलकण्ठ नगरपालिकामा भिम ढुंगानाबाट पक्ष शम्भुसिङ ठकुरी र रामनाथ अधिकारी पक्षबाट ध्रुव रिजाल अध्यक्षका उम्मेदवार छन् । यहाँ आज पुनः मतदान हुने कांग्रेसले जनाएको छ ।
केन्द्रमा देखिएको गुटको प्रभाव नीलकण्ठ नगरपालिकामा प्रत्यक्ष देखिएको छ । धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका दिलमान पाख्रिन र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी मुख्यगरी दुई धारमा देखिएका छन् ।
रुबिभ्याली, नेत्रावती गाउँपालिकामा पनि सर्वसम्मतको प्रयास भैरहेको बताइएको छ ।
नवनिर्वाचित पालिका सभापतिहरू
१. धुनिवेशी नगरपालिका- सुरज उप्रेती
२. थाक्रे गाउँपालिका- रामप्रसाद बिडारी
३. गल्छी गाउँपालिका- दिपक कार्की
४. गजुरी गाउँपालिका- भुमी कंडेल
५. बेनिघाट रोराङ गाउँपालिका- ऋषिनाथ त्रिपाठी
६. सिद्धलेक गाउँपालिका- रामशरण गिरी
७. ज्वालामुखी गाउँपालिका- रेशमलाल काप्री
८. त्रिपुरासुन्दरी गाउँपालिका- राजु उप्रेती
९. गंगाजमुना गाउँपालिका- फैसिंङ तामाङ
१०. खनियावास गाउँपालिका- मरिचमान तामाङ