Fri. Feb 28th, 2025

पत्रकारलाई विपद् व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सुरु

IMG_3108
धादिङ – विपद्को समयमा रिपोटिङ गर्न सजिलो होस् भन्ने उद्देश्यले धादिङका पत्रकारहरुलाई शुक्रबारदेखि विपद् व्यवस्थापन सम्बन्धी तालिम संचालन गरिएको छ ।

नेपाल पत्रकार महासंघ धादिङको आयोजना र जिल्ला विकास समिति धादिङको सहयोगमा सञ्चालन गरिएको तालिम तीनदिनसम्म चल्ने आयोजक संस्थाले जानकारी दिएको छ । तालिममा धादिङका विभिन्न संञ्चारमाध्यममा कार्यरत ३० जनाको सहभागीता रहेको छ । तालिमको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा सञ्चालन गरिएको उद्घाटन सत्रको कार्यक्रममा धादिङका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिम अवधिभर नेपाल टेलिभिजनका समाचार प्रमुख राजेन्द्र देव आचार्यले विपदका बेला कसरी रिपोर्टिङ, कस्ता कस्ता तरिकाहरु अपनाउने लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउने कार्यक्रम रहेको छ ।

About The Author

अन्य समाचारहरु: