धादिङ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङको जिल्ला अधिवेशन धादिङबेसीमा सुरु भएको छ । अधिवेशनको औपचारिक उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहमा केन्द्रिय निर्देशन समिति सदस्य एवं सचिवालय सदस्य राजेन्द्र गुरुङ, केन्द्रिय राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष प्रकाश रिमाल, केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवं पुर्व ग्रुह मन्त्री बुद्धिमान तामाङ लगायत जिल्लामा कृयाशिल विभिन्न पार्टीका नेताहरूले सम्बोधन गरेका छन् ।
राप्रपा धादिङको जिल्ला अध्यक्षमा ६ जना आकांक्षी देखिएका छन् । निवर्तमान अध्यक्ष नवराज श्रेष्ठ र नेता धुर्व खनाल मुख्य आकांक्षीको रुपमा देखिएका छन् ।
बुद्धि तामाङ, शन्त तामाङ, बिर बहादुर तामाङ र गणेश बहादुर अधिकारीले पनि जिल्ला अध्यक्षको दावी गरिरहेका छन् । केन्द्रमा देखिएको कमल थापा समूह र पशुपति समसेर राणा समूहको गुटको प्रभाव जिल्ला नेतृत्वमा भने परेको छ । धादिङमा थापा समूहमा पूर्व गृहमन्त्री बुद्धिमान तामाङ देखिएका छन् भने राणा समूहमा पूर्व जलश्रोत राज्य मन्त्री ठाकुर शर्मा देखिएका छन् ।
जिल्ला अध्यक्षका अहिलेका आकांक्षी नवराज श्रेष्ठ बुद्धिमान समूहका हुन् भने लम्साल ठाकुर समूहका हुन् । अन्य चार जना आकांक्षी भने हालसम्म कुनै समूहमा पनि खुलेर लागेको देखिदैन । तर चारै जना यसअघि बुद्दिमान लाइनका हुन् ।
यो जिल्ला अधिवेशनमा करिव १ सय ८५ जनाले जिल्ला अध्यक्षका लागि मतदान गर्नेछन् ।
४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट ८४ जना, २ वटा संघीय निर्वाचन क्षेत्रबाट ६२ जना पार्सदले जिल्ला अधिवेशनमा मतदान गर्नेछन् । संघ, प्रदेश र स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि संवत्: मतदाता हुनेछन् ।
नगरपालिकाका वडाहरुबाट महिला एक, उत्पीडित एक र खुल्ला एक सहित वडाका पार्टी अध्यक्ष पनि मतदाता हुनेछन् । जिल्लाभित्रट पार्टीको केन्द्रिय सदस्यहरु पनि स्वत: जिल्ला अधिवेशनको पार्सद हुनेछन् ।