धादिङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङ क्षेत्र नं. २ प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा सुनिल कुमार भट्ट निर्वाचित भएका छन् ।
प्रतिस्पर्धी हरि भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि भट्ट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
धादिङमा २ वटा संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । ४ वटा प्रदेश निर्वाचन क्षेत्र मध्य ३ क्षेत्रमा यस अघि नै सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।
राप्रपाको जिल्ला नेतृत्वको पनि आजै निर्वाचन हुँदैछ ।