Fri. Nov 29th, 2024

राप्रपा अधिवेशन : अधिकांश सर्वसम्मत, धादिङ २ ‘ख’ मा मतदान हुँदै

शंकर श्रेष्ठ
धादिङ
– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङको जिल्ला अधिवेशन आज धादिङबेसीमा हुँदैछ ।

धादिङमा २ वटा संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । ४ वटा प्रदेश निर्वाचन क्षेत्र मध्य ३ क्षेत्रमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् । क्षेत्र नं. २ ‘ख’ मा भने निर्वाचन हुने भएको छ । यहाँ सुनिल कुमार भट्ट र हरि भण्डारीबीच चुनाव हुने भएको छ ।

गुटको हारजित भन्दा पनि पार्टीमा योगदानको आधारमा मतदान हुने नेताहरुले बताएका छन् । ‘हामीले गुट हेरेका छैनौं, पार्टीलाई दिएको योगदान र सक्रियताको आधारमा मतदान हुनेछ’ राप्रपा नेता सोनाम तामाङले भने ।

क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा भने विक्रम श्रेष्ठ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । क्षेत्र नं. १ को प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा विमल लामा र ‘ख’ मा तिज बहादुर भण्डारी मंगलबार नै सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

संघीय निर्वाचन क्षेत्र नं. १ मा गजुरीका विनोद पाठक अध्यक्ष निर्वाचित भएका छन् भने संघीय निर्वाचन क्षेत्र नं. २ मा गंगाजमुनाका राम बहादुर तामाङ निर्वाचित भएका छन् । दुबैजना सर्वसम्मत विजयी भएका हुन् ।

जिल्ला अध्यक्षको आकांक्षी को को ?
राप्रपा धादिङको जिल्ला अध्यक्षमा ६ जना आकांक्षी देखिएका छन् । निवर्तमान अध्यक्ष नवराज श्रेष्ठ र नेता धुर्व खनाल मुख्य आकांक्षीको रुपमा देखिएका छन् ।

बुद्धि तामाङ, शन्त तामाङ, बिर बहादुर तामाङ र गणेश बहादुर अधिकारीले पनि जिल्ला अध्यक्षको दावी गरिरहेका छन् । केन्द्रमा देखिएको कमल थापा समूह र पशुपति समसेर राणा समूहको गुटको प्रभाव जिल्ला नेतृत्वमा भने परेको छ । धादिङमा थापा समूहमा पूर्व गृहमन्त्री बुद्धिमान तामाङ देखिएका छन् भने राणा समूहमा पूर्व जलश्रोत राज्य मन्त्री ठाकुर शर्मा देखिएका छन् ।

जिल्ला अध्यक्षका अहिलेका आकांक्षी नवराज श्रेष्ठ बुद्धिमान समूहका हुन् भने लम्साल ठाकुर समूहका हुन् । अन्य चार जना आकांक्षी भने हालसम्म कुनै समूहमा पनि खुलेर लागेको देखिदैन ।
राप्रपाको जिल्ला नेतृत्वको पनि आजै निर्वाचन हुँदैछ ।

About The Author

अन्य समाचारहरु: