Fri. Nov 29th, 2024

राष्ट्रिय सभाको बैठक ७ असोजमा बस्ने

काठमाडौ –

राष्ट्रिय सभाको अर्को बैठक ७ असोजमा बस्ने भएको छ । मंगलबारको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको हो।

एमाले सांसदले बैठक चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।

सो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

र सो प्रस्तावमाथिको छलफल ७ असोजलाई मिति तोकेका सभाध्यक्ष तिमिल्सिनाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् । मंगलबार बसेको पहिलो बैठकमा एमालेका सांसदहरूले अवरोध सृजना गरेका थिए । त्यसपछि बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

दोस्रो बैठकलाई एमाले सांसदहरूले उठेर अवरोध सृजना गरे पनि कार्यसूचीमा प्रवेश गराएर प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरिएको हो । न्युज कारखानावाट साभार

About The Author

अन्य समाचारहरु: