Sun. Mar 16th, 2025

अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

एजेन्सी –

अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरूषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ।

शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरूषसँगै बसेर अध्ययन गर्न नपाउने बताएका हुन्।

उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा गरेका छन्।

सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकालाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो।

पछिल्लो नीतिले तालिबान शासनमा परिवर्तनको संकेत गरेको छ ।

शिक्षामन्त्री हक्कानीले आफूहरुसँग पर्याप्त महिला शिक्षिका भएकोले अलग पढाउन कुनै समस्या नहुने भन्दै नयाँ व्यवस्था लागू गरिएको बताएका छन्।

यदि शिक्षिकाको अभाव देखिए पुरुष शिक्षकलाई पर्दा पछाडिबाट वा अन्य प्राविधिक विकल्प रोज्न सकिने उनको भनाई छ ।

यसैबीच, तालिवानले छात्राको पोसाकसम्बन्धी नयाँ नियम ल्याउने भएको छ । नयाँ नीति अनुसार विश्वविद्यालय र विद्यालय तहमा छात्रछात्राको अलग पोसाक हुनेछ ।

About The Author

अन्य समाचारहरु: