Wed. Mar 12th, 2025

नेपाल र बंगलादेशबीचको खेल आज अपराह्न ५ बजे

काठमाडौं– नेपालको महिला फुटबल टोलीले आज (आइतबार) बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ।

नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ। बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो।

उज्वेकिस्तामा हुने छनोटको समूह ‘एफ’ मा नेपाल, फिलिपिन्स र हङकङ रहेका छन् भने बंगलादेश रहेको समूह ‘जी’ मा जोर्डन र इरान छन्।

समूह विजेताले सन् २०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने  एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ। 

About The Author

अन्य समाचारहरु: