धादिङ : धादिङको गल्छी गाउँपालिकाका विभिन्न बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अबसरमा वडा नम्बर ४ मा रहेको कार्कीडाडा माबिमा आयोजित एक कार्यक्रममा १ सय २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।
किरान्चोक कार्किडाडा माबिको बिध्यालय ब्यबस्थापन समितिको अध्यक्ष दशरथ प्याकुरेलको अध्यक्षता, गल्छी गाउँपालिकाको उपाध्यक्ष राधा तिमल्सिनाको प्रमुख अतिथ्यता, गल्छी गाउँपाकिका शिक्षा शाखा प्रमुख बुद्धि भट्टको बिशेस आतिथ्यता, गल्छी गाउँपालिका वडा नं. ४ को वडा सदस्य बाटुली खड्का, टंकेश्वर परिवार माधब रुपाखेती, प्रज्वल अधिकारी, उषा अधिकारी र बिब्यस सदस्य दिल बहादुर रम्तेल, चन्द्रबहादुर रम्तेल र स्वस्तिका खड्का लगायतको आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको छ ।
गल्छी गाउँपालिका वडा न ४ को किरान्चोक कार्कीडाडा माबिका १ सय ५ र गल्छी गापा ५ को कालिका आधारभुत बिद्यालयका १५ जना गरी १ सय २० जना बालबालिका लाई छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति टंकेश्वर परिवारको आर्थिक सहयोगमा किरान्चोक कार्किडाडा माबिका विद्यालय ब्यवस्थापन समितिका सदस्य दिल बहादुर रम्तेलको पहल बाट बितरण भएको थियो ।
छात्रवृत्तिमा बिद्यालय पोशाक, ब्याग र स्टेसनरी लगायतका सामाग्री रहेको थियोे । उक्त सहयोग बिपन्न, अभिभावक गुमाएका र आर्थिक अबस्था कमजोर भएका बालबालिकाहरु लाई दिएको छ । ती बालबालिकाको निरन्तर शिक्षाको लागि सहयोग पुग्ने सामाजिक अभियान्ता तथा विद्यालय ब्यबस्थापन समिति सदस्य दिल बहादुर रम्तेलले जानकारी दिए ।