Thu. Nov 28th, 2024

सिड्स धादिङद्धारा ६१ बालबालिकालाई शैक्षिक सामग्री सहयोग


धादिङ : चन्द्र ज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) नेपाल धादिङ द्धारा सञ्चालित जोखिममा रहेका बालबालिकालाई सुरक्षा परियोजना थाक्रे गाउँपालिका अन्र्तगत वडा नं. २, ४, ५, ६ र ११ मा सञ्चालन भएको छ ।

उक्त परियोजनाले बालअधिकार, बालसंरक्षणका लागि काम गर्ने गर्दछ । समुदाय र विद्यालयमा बालबालिकाको संरक्षण वा अधिकार स्थापित गर्नको लागि समुदायमा समुहहरु गठन गर्ने, समुदायमा बालक्लबहरु गठन गर्ने, विद्यालयहरुमा बाल क्लब गठन गर्ने साथै वडा स्तर र गाउँपालिका स्तरको बाल क्लबहरुको बाल क्लब संजाल विस्तार गर्ने र बालविवाह, बालश्रम, बालबालिका बेचबिखन, बाल दुब्र्यवहार लगायतका बालबालिका माथि हुने हिंसा लाई न्युनिकरण साथै बालबालिकाको शिक्षालाई निरन्तरता गर्नका लागि विभिन्न कार्यक्रमहरु १ जनावरी, २०१९ देखि युनाईटेड मिसन टु नेपाल धादिङको साझेदारीमा सञ्चालन भईरहेको छ ।

थाक्रे गाउँपालिकाको ५ वटा वडामा सञ्चालन भएको जोखिममा रहेका बालबालिकालाई सुरक्षा परियोजनाले कार्यक्षेत्रका विद्यालयहरुमा ६१ जनालाई वार्षिक शैक्षिक सामाग्री सहयोग गरेको छ ।

जिल्ला समन्वय समितिका सदस्य उर्मिला रेग्मी, थाक्रे गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष राजकुमार पौडेल, वडा नं. ११ का वडा अध्यक्ष रवि प्रकाश ओझा, कार्यपालिका सदस्य रजनी लामा, अन्य जनप्रतिनिधीहरु, सिड्स नेपाल धादिङका उपाध्यक्ष सुसय विक्रम राणा, सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, संस्थाको अनुगमन समितिका संयोजक अरुण कुमार लामा र परियोजनाको संयोजजक दिलवहादुर रम्तेलको उपस्थितीमा बार्षिक शैक्षिक सामाग्री सम्वन्धित विद्यालयमा पुगी हस्तान्तरण गरिएको छ ।

बार्षिक शैक्षिक सामाग्रीको सहयोगले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु विचमा कक्षा सक्नेहरु निरन्तर विद्यालय आउने गरेको पाईन्छ ।

About The Author

अन्य समाचारहरु: