धादिङ– नेकपा एमाले विभाजन भएपछि एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा लागेका धादिङका ६ जना जनप्रतिनिधि पुरानै पार्टीमा फर्किने भएका छन् ।
ज्वालामुखी गाउँपालिका कार्यपालिका सदस्य बिन्दा पोखरेल भट्ट र बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ का कार्यपालिका सदस्य बिन्दा मगराती समेत ६ जनाले एकिकृत समाजबादी छाडेर एमालेमै बस्ने भन्दै सनाखत पत्र फिर्ता लिएका हुन् ।
यसैगरी गजुरी गाउँपालिका वडा नम्बर ३ वडा सदस्य कौशिला विक, २ नम्बर वडा सदस्य सुजन चेपाङ, बेनिघाटरोराङ वडा नम्बर ६ का वडा सदस्य कृष्णमायाँ प्रजा र सीताराम प्रजा पनि एमालेमै बस्ने भएका छन् ।
आफूहरुले एमालेबाट चुनावमा उठेर जनताको मत पाएकाले एमालेमै बस्ने निर्णय गरेको उनीहरूले बताएका छन् । जिल्ला निर्वाचन कार्यालयमा गएर सोमबार एकिकृत समाजबादीमा लाग्न गरिएको सनाखत फिर्ता लिनका लागि मंगलबार उनिहरुले निवेदन दिएका हुन् ।
एमाले छाडेर एकिकृत समाजबादीमा जानका लागि ८५ जनाले निवेदन दिएकोमा अब ७९ जनामात्र बाँकी रहेका छन् ।
धादिङ जिल्लामा ३ सय १६ जना जनप्रतिनिधि नेकपा एमालेको सूर्यचिन्ह लिएर निर्वाचित भएका थिए ।