Fri. Nov 29th, 2024

धादिङमा कांग्रेस अधिवेशन : वडाको नेतृत्वमा पुरुषको कब्जा

शंकर श्रेष्ठ
धादिङ

नेपाली कांग्रेसको १४ औं अधिवेशनको वडा तहको निर्वाचनमा युवाको वर्चश्व देखिएको छ । थुप्रै ठाउँमा आशा लाग्दा युवा नेतृत्वमा आएका छन् । तर सबै वडामा पुरुषले मात्रै कब्जा जमाएका छन् ।
मंगलबार बिहानसम्म कांग्रेसले ९८ वटा वडाको अधिवेशन सम्पन्न गरेको छ । वडा तहको नेतृत्वमा महिला र दलित भने एक जना पनि छैनन् ।

त्यसमा पनि पहिलो खस आर्यकै दबदबा देखिएको छ भने त्यसपछि जनजाति नेतृत्वमा आएका छन् । नेतृत्वसम्म पुग्ने अवसरबाटै वञ्चित गराएर पार्टी विधानले तोकेको कोटामा बाहेक महिला, दलितलाई खुम्च्याइएको छ । विधानमा निर्धारण गरिएको कोटा बाहेक अन्य पदमा कोही पनि देखिएका छैनन् ।

जिल्लामा रहेका १ सय ४ वडा मध्य नीलकण्ठ नगरपालिकाको ३ नं. वडा, त्रिपुरासुन्दरी गाउँपालिकाको २ र ३ नम्बर वडा र ज्वालामुखी गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाको नेतृत्व आज टुङ्गो लाग्दैछ । यी वडामा पनि महिला वा दलित आउने संभावना देखिदैन ।

क्षेत्रीय प्रतिनिधिमा पनि कोटा निर्धारण गरिएको मात्रै सहभागी छन् । विधानले तोकेको कोटा नघटाइए पनि क्रियाशील महिला तथा दलित संख्या बढाइएको छैन ।

नेताहरु बसेर सहमति गराउँदा गराउँदै धेरै महिला र दलितले आकांक्षा राख्ने अवसरबाटसमेत वञ्चित हुनुपरेको हो । आकांक्षा राखेका महिला तथा दलितले सहमति गराउनुपर्ने बाध्यताले पुरुषलाई नै स्वीकार्न बाध्य हुनु पर्ने कांग्रेस नेतृ लक्ष्मी गिरीको भनाई छ ।

केन्द्रमा समेत बुढा नेताहरुको पर्टी भनेर आरोप खेप्दै आएको नेपाली कांग्रेसको वडा तहको नेतृत्वमा युवाको हस्तक्षेप देखिएको छ । प्रतिनिधि चुनिएकाहरुमा पनि युवाको बाहुल्य उपस्थिति देखिएको छ ।

पुराना पुस्ताका नेताबाट सिकेर नयाँ सोंचअनुसार राजनीतिलाई जनतासँग जोड्ने दौरानमा युवा देखिएको युवा नेता दिपक कोइराला बताउँछन् । उनी भन्छन्,‘वषौंदेखि निष्ठावान बनेर भनेर हिँडेका पुराना नेताहरुलाई छोड्दा युवाले पालै नपाउने हुन्थ्यो, अब उहाँहरुको अनुभव र युवाको ऊर्जा मिलाउनुपर्छ ।’

About The Author

अन्य समाचारहरु: