Tue. Nov 26th, 2024

धादिङमा पोषण कार्यक्रम सप्ताहव्यापी रुपमा मनाइने

IMG_3070
धादिङ – धादिङमा आपतकालीन पोषण कार्यक्रम सप्ताहव्यापी रुपमा मनाइने भएको छ । असार १३ गतेदखि १९ गतेसम्म सञ्चालन गरिने अभियानका लागि विहिबार धादिङबेसीमा सञ्चालन गरिएको जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रममा गरिएको छ ।

आपतकालीन अवस्थामा कुपोषणको जोखिममा परेका गर्भवति, सुत्केरी तथा बालबालिकाहरुको पोषणको अवस्था सुधार गरी उनीहरुको जीवन रक्षा गर्न र खानपान तथा अन्य पोषण सम्बन्धी व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यका साथ संचालन गर्न अभियान संचालन गर्न लागिएको हो । जिल्लाभर ९ वटा बहिरङग सेवाहरु स्थापना गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय धादिङ, युनिसेफ, युएमएन र एनट्यनगको संयुक्त पहलमा संचालन हुने पोषण कार्यक्रममा २ सय ७३ स्वास्थ्यकर्मी, ३ सय ६९ महिला स्वास्थ्यकर्मीहरु खटाइने कार्यक्रममा जानकारी गराइएको छ । जिल्लामा पोषण जाँच गरिएका ६ देखि ५९ महिनाका बालबालिकाहरु ५ हजार १ सय ३ जना रहेका छन् । त्यस्तै बालभिटामिन पाएका ५ हजार २ सय ३७ जना र शिघ्र कुपोषण भएका २० जना बालबालिका रहेको छन् ।

अभियानका क्रममा स्तनपानर पुरक खानाको प्रबद्र्धन, संरक्षण र सहयोग गर्ने, मध्यम शिघ्र कुपोषणको व्यवस्थापनको लागि थप आहार कार्यक्रम, कडा शिघ्र कुपोषणको व्यवस्थापन कार्यक्रम, सुक्ष्मपोषण तत्व कार्यक्रम अन्र्तगत बाल भिटा र भिटामिन ए वितरण तथा गर्भवति र सुत्केरी महिलाहरुका लागि आइरन फोलिक एसिड चक्कि वितरण लगायतका क्रियाकलाप गरिने जिल्ला स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य प्रमुख जिवन कुमार मल्लले जानकारी दिनुभयो ।

About The Author

अन्य समाचारहरु: