Fri. Nov 29th, 2024

मुख्यमन्त्री शाक्यले तत्काल विश्वासको मत नलिने, राजीनामा पनि नदिने

काठमाडौ –

बागमती प्रदेश सरकार अल्पमतमा पर्ने भएपछि एमाले उपाध्यक्ष तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सत्ता बचाउने लक्ष्यका साथ आफ्नो रणनीति बनाउन जुटेकी छिन् । उनी तत्काल विश्वासको मत नलिने र राजीनामा पनि नदिने मनस्थितिमा पुगेकी छन् ।

भदौ २ गते बागमती प्रदेशमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकता जोगाउन भन्दै एकाएक राजीनामा दिएर शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो । पार्टी एकताका लागि भन्दै पौडेलले प्रदेशको बागडोर शाक्यलाई सुम्पिएपनि विभाजनको असर भने प्रष्ट देखियो ।


केन्द्रमा एमालेको आधिकारिक विभाजनपछि बागमतीका पनि १३ सांसद माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी तिर लागेपछि प्रदेशमा विभाजनको प्रष्ट चित्र मात्र देखिएन, सरकारनै अल्पमतमा पर्ने निश्चित भएको हो ।

स्मरण रहोस्, लामो समय माधवकुमार नेपाल पक्षमा खुलेकी मुख्यमन्त्री शाक्य एकाएक क्याम्प परिवर्तन गर्दै संस्थापनबाट मुख्यमन्त्री बनेकी हुन् । तर शाक्यलाई साथ दिने ठानिएका सांसदहरु नै समाजवादीमा सामेल भएपछि उनलाई सरकार टिकाउन ठुलो चुनौतीको सामना गर्नुपर्ने देखिएको हो ।

About The Author

अन्य समाचारहरु: