Mon. Mar 17th, 2025

स्वदेश फर्किए झलनाथ खनाल, माधव नेपालसहित नेताले विमानस्थलमा गरे स्वागत

काठमाडौ : नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ खनाल झन्डै साढे २ महिनापछि स्वदेश फर्किएका छन्। भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका खनाल सोमबार दिउँसो काठमाडौं आइपुगेका हुन्।
उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू विमानस्थलमा पुगेका थिए।

खनालले नयाँ पार्टी दर्ताका लागि नयाँदिल्लीबाटै निर्वाचन आयोगमा सनाखत गरेका थिए।
खनाल असार २ गते उपचारका लागि नयाँदिल्ली गएका थिए।

About The Author

अन्य समाचारहरु: