Mon. Nov 25th, 2024

दाता सम्मेलनमा सहयोग रकम घोषणा जारी

ICNR_MEETING_20150625073215
१० असार, काठमाडौं – काठमाडौंमा सुरु भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा विभिन्न देशका प्रतिनिधिले सहयोग रकम घोषणा गरेका छन् ।
होलट होल्टी जारी सम्मेलनलाई सम्मेलन गर्दै भारतीय विदेश मन्त्री सुस्मा स्वराजले भारतले नेपाललाई १ अर्ब डलर ९ १० हजार करोड रुपैयाँ० सहयोग गर्ने बताइन् । यसमध्ये २५ प्रतिशत अनुदान दिने उनले बताइन्।

भारतले १ खर्ब दिने
भारतले पहिले नै दिने भनेको एक अर्ब डलरको सहयोग सहित आउने पाँच वर्ष भित्र भारतीय सहयोग दुई अर्ब डलर पुग्ने भएको छ। नले दुस्ख व्यक्त गर्दै कुनैपनि चुनौतीलाई अवसरको रुपमा सदुपयोग गर्दै अगाडि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘नेपाललाई सहयोग गर्न तयार छौँ। हामी काँधमा काँध मिलाएर अघि बढ्न तयार छौँ ।’

चीनको ७६ अर्ब रूपैयाँ सहयोग
यस्तै चीनले भूकम्पपछि ४।७ अर्ब युआन अर्थात झन्डै ७६ अर्ब रूपैयाँ रकम सहयोग गर्ने भएको छ। बिहीबार राजधानीमा भइरहेको दाता सम्मेलनमा बोल्दै चिनीयाँ विदेश मन्त्री वाङलीले सहयोगको घोषणा गरेका हुन्। भूकम्प पछि नेपालको पुनर्निर्माणका लागि पहिलो चरणमा २०१६(१८ का लागि झन्डै ५० अर्ब चिनियाँ सहयोग आउने छ। उनले नेपालको पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको बताए । उनले नेपालको भूकम्पले अतिप्रभावित पाँच ठाउँमा विशेष सहयोग गर्ने बताए ।

जापनाको २६ अर्ब रूपैयाँ
यस्तै जापानले नेपाललाई पुननिर्माणका लागि २६ अर्ब रूपैयाँ सहयोग गर्ने भएको छ। बिहीबार राजधानी काठमाडौंमा भएको दाता सम्मेलनमा बोल्दै जापानका विदेश राज्य मन्त्री मिनोरु कियुचीले उक्त सहयोग रकम घोषणा गरेका छन्।
सम्मेलनमा ५६ मुलुक तथा निकायबाट करिब २ सय ८० प्रतिनिधि सहभागी छन्। ओएनएसबाट

About The Author

अन्य समाचारहरु: