Wed. Mar 12th, 2025

धादिङमा क्रिकेट संघ गठन, अध्यक्षमा दिपेश कंडेल सर्वसम्मत


धादिङ : धादिङमा जिल्ला क्रिकेट संघको तदर्थ समिति गठन गरिएको छ । आइतबार धादिङबेसीमा भएको भेलाले दिपेश कंडेलको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा मनिष दुवाडी, सचिवमा सन्दिप सापकोटा, कोषाध्यक्षमा ठाकुर ढकाल र सहसचिवमा राम बहादुर राना मगर सर्बसम्मत चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा साम्भबी थापा, श्रीकृष्ण भण्डारी (अनमोल), अनिश अधिकारी, सन्तोष पान्डे, रबिन्द्र सापकोटा, दिपेन्द्र शाह, सुजन भट्टराई र जितेन्द्र श्रेष्ठ चयन भएका छन् ।एक सदस्य कार्यसमितिले मनोनित गर्ने बताइएको छ ।

नवगठित समितिलाई शुभकामना दिदै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले खेल क्षेत्रका माध्यमवाट धादिङ र देशलाई समेत विश्वसामु चिनाउन सकिने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । खेल क्षेत्रमा राजनीतिक गर्न नहुने बताउदै उनले नेपालको गर्वगर्न लायक क्षेत्र खेल क्षेत्र हो, त्यसमध्ये क्रिकेटले अझ बढी नेपालको शिर उचो वनाएको परिवेशमा खेल क्षेत्र राष्ट्रको महत्वपूर्ण लगानीको क्षेत्र भएको बताए ।

About The Author

अन्य समाचारहरु: