धादिङ– ज्योति लाइफ इन्स्योरेन्स कम्पनी धादिङ शाखाले आफ्ना उत्कृष्ट एजेन्सी मेनेजरहरुलाई सम्मान गरेको छ ।
कम्पनीले एक आर्थिक वर्षमा एक करोड भन्दा बढीको विजनेश राख्ने करोडपति व्यवसायी, ५० लाख भन्दा धेरै राख्ने सिनियर एजेन्सी मेनेजर र ७ लाख भन्दा धेरै विजनेश राख्ने एजेन्सी मेनेजरसहित ३८ जनालाई सम्मान गरेको हो ।
सम्मानसँग ज्योति लाइफले आफ्ना एजेन्सीहरुलाई पुनर्ताजकी तालिम दिएको छ । कम्पनीका सेल्स हेड फर्सुराम मरासिनी, प्रदेश प्रमुख सपुतचन्द्र खनाल र क्षेत्रिय प्रबन्धक जयराज ढुंगानाले तालिमको सहजीकरण गरेका थिए ।
२०७६ सालदेखि व्यावसायिक कारोबार सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै ३ करोड भन्दा धेरै व्यवसाय संकलन गरेको क्षेत्रिय प्रबन्धक ढुंगानाले बताए । धादिङ शाखा गत २ वर्षदेखि देशकै उत्कृष्ट शाखा बन्दै आएको छ । धादिङमा २०७६ सालमा उपशाखाबाट कारोबार सुरु गरेको कम्पनीले अहिले क्षेत्रिय कार्यालय संचालन गर्दै आएको छ ।
उत्कृष्ट बोनसदरका साथ ज्योति फाइफले नेपालकै प्रथम पटक ३५ ओटा घातक रोग बिरूद ५० लाखसम्मको औषधि उपचार सहितको जीवन बिमा योजनाहरू उपलब्ध गराउदै आएको एजेन्सी मेनेजर गंगा सिलवालले जानकारी दिइन् ।