Wed. Mar 12th, 2025

मेस्सी र नेइमारबिना पीएसजीको तेस्रो जित

काठमाडौं- जारी फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन(पीएसजी) ले तेस्रो जित निकालेको छ। 

शुक्रबार राति भएको ब्रिष्टविरुद्धको खेलमा पीएसजी ४-२ गोल अन्तरले बिजयी भएको छ। 

केही दिन अघि पीएसजीसँग अनुबन्धित लियोनल मेस्सी र ब्राजिलियन स्टार नेइमारलाई बेन्चमा राखिएको खेलमा हेरेरा, एम्बाप्पे, गुये, डी मारियाले एक एक गोल गरे। 

ब्रिष्टका लागि होनोरट र स्टिभ मुनिआइले एक एक गोल गरे। 

छ पटकका बलोन डी’ओर विजेता मेस्सी यस महिनाको सुरुआतमा बार्सिलोनाबाट पीएजीमा गएका थिए तर उनले पीएसजीमा डेब्यू गरेका छैनन्। 

About The Author

अन्य समाचारहरु: