
एजेन्सी : तालिवान लडाकुको समूह राजधानी काबुल प्रवेश गरेपछि अफगानिस्तानबाट भागेका राष्ट्रपति असरफ घानीले संयुक्त अरब इमिरेट्स ९युएई०मा शरण लिएका छन्।
आइतबार देश छोडेका राष्ट्रपति घानी आफ्नो शरणमा पुगेको युएईको विदेश मन्त्रालयले जनाएको छ। मानवीय नाताले घानी र उनको परिवारलाई स्वागत गरिएको युएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै जानकारी दिएको हो।
बुधबार भिडियो सन्देश जारी गरेर घानीले आफ्नो देश छोड्ने निर्णयको बचाउ गरेका छन्। देशमा गम्भीर विपदको अवस्था आउन नदिन आफूले देश छोडेको उनको भनाइ छ।