Thu. Nov 28th, 2024

धादिङमा १४ हजार ४ सय ९९ जनाले लगाए एस्ट्राजेनेका भ्याक्सिन

धादिङ : धादिङमा कोभिशिल्ड भ्याक्सिनको दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका भ्याक्सिन १४ हजार ४ सय ९९ जनाले लगाएका छन् । सरकारले निर्धारण गरे अनुसार लक्षित समुहलाई गत फागुनको २३ गतेदेखि २९ गतेसम्म कोभिशिल्ड भ्याक्सिनको पहिलो मात्रा प्रदान गरिएको थियो ।

दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको भ्याक्सिन साउन ३१ र ३२ गते (आइतबार र सोमबार) लगाइएको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोख्रेलले बताए । पहिलो दिन १० हजार ३ सय ५० जना र पछिल्लो दिन ४ हजार १ सय ४९ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए ।

जिल्लाका ६८ ओटा खोप केन्द्रबाट ७ हजार ३६ जना महिला, ७ हजार ४ सय ६३ जना पुरुषले कोभिशिल्डको दोस्रो मात्रा लगाएका हुन् । भ्याक्सिन कार्यक्रम संचालन गर्न नभ्याएका केही स्थानीय तहहरुले मंगलबार पनि भ्याक्सिन कार्यक्रम संचालन गरेको स्वास्थ्य कार्यालयले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: