Fri. Nov 29th, 2024

अन्तत : लुम्बिनीका मुख्यमन्त्री पोखरेलले राजीनामा दिए

काठमाडौ –

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुनुभन्दा अगाडि उनले राजीनामा दिएको एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए ।

उनले भने, ‘हामी प्रदेश प्रमुख अमिक शेरचनकहाँ छौं, मुख्यमन्त्रीले राजीनामा बुझाउँदै हुनुहुन्छ।
मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताप आज प्रदेश सभामा छलफल हुने कार्यसूची छ । उनीविरुद्ध अविश्वासको प्रस्ताव यही साउन १९ गते प्रदेशसभामा दर्ता भएको थियो।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख पूर्णबहादुर घर्तीसमेत गरी नेकपा माओवादी (केन्द्र)का १८, जनता समाजवादी पार्टी जसपा का तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन्। उता सरकारको समर्थनमा नेकपा (एमाले)का ३९ प्रदेशसभा सदस्य छन्।

विपक्षी गठबन्धन र नेकपा (एमाले) विशेष अधिवेशनमा आफ्नो रणनीति बनाउन बिहानैदेखि छलफलमा व्यस्त थिए । ८७ सदस्यीय रहेको लुम्बिनी प्रदेशसभामा हाल ८० प्रदेशसभा सदस्य छन्।

मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए।

प्रदेश सरकार गठन हुँदा २०७४ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादीको समर्थनमा सरकार बने पनि २०७५ जेठ ३ गते एमाले र माओवादी एकीकरण भई नेकपा बनेपछि संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त सरकार बनेको थियो।

About The Author

अन्य समाचारहरु: