Thu. Nov 28th, 2024

मास्क नलगाई धादिङबेसी डुल्नेलाई ठाउँको ठाउँ मास्क ! (तस्बिरहरु)

धादिङ– मास्क नलगाई हिंड्नेलाई भाटे कार्बाही, उठबस गराउने र जरिवाना तिराउने चलनलाई पन्छाउँदै धादिङका सरोकारवाला निकायले नयाँ अभ्यास सुरु गरेका छन् । मास्क नलगाई हिडने व्यक्तिलाई मास्क लगाएर हिड्न अनुरोधसहित मास्क वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा निकाय, रेडक्रस, स्वास्थ्य, नगरपालिका, नागरिक समाजका अगुवाहरुले मास्क नलगाई सदरमुकाम धादिङबेसी बजारमा लखर लखर हिंडेकाहरूलाई बीच बाटोमा रोकेर मास्क वितरण गरेका छन् ।

कोरोना (कोभिड १९) विरुद्ध जनचेतना जगाउने तथा स्वास्थ्य मापदण्ड पालना गराउने उद्देश्यले गरिएको अभियानले बजारमा सर्वसाधारणलाइ मास्क लगाउन प्रोत्साहित गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।

नेपाल सरकारको नेपाल मास्क अभियान अन्तरर्गत मास्क लगाउँदा कोरोनाबाट आफू बच्ने र अरूलाई पनि बचाउन सकिन्छ भन्दै ¥याली गरेका छन् । ¥यालीमा सहभागीहरुले मास्क नलगाई हिँड्नेलाई ठाउँको ठाउँ मास्क लगाइदिएका छन् ।
तस्बिरहरु : शंकर श्रेष्ठ

About The Author

अन्य समाचारहरु: