
एजेन्सी –
डेल्टा भेरियन्टको सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै विश्वभर खोपको माग बढिरहेको छ । सबै देश चाँडोभन्दा चाँडो आफ्ना नागरिकलाई खोप लगाउन चाहन्छन् ।
तर, खोपको मागअनुसार आपूर्ति भने हुन सकिरहेको छैन ।
यही बीच चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार यो वर्षभर विश्वभर २ अर्ब डोज खोप पु–याउने प्रयास गर्ने घोषणा गरेका छन् । यसमध्ये कति डोज खोप बिक्री गर्ने र कति डोज गरिब मुलुकलाई निःशुल्क दिनेछ भन्ने चाहिँ खुलाएको छैन ।
यसको साथै राष्ट्रपति सीले कोभ्याक्स कार्यक्रमलाई १० करोड डलर उपलब्ध गराउने पनि घोषणा गरेका छन् ।
यसलाई विश्व स्वास्थ्य सङ्गठनले सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तरगत गरिब देशलाई खोप उपलब्ध गराइन्छ ।