Mon. Mar 10th, 2025

सरकारले पैसा नदिँदा कोरोना बीमाको भुक्तानी रोकियो

काठमाडौ- सरकारले रकम निकासा नगर्दा कोरोना संक्रमित भएर बीमा दावी गरेकाहरूले लामो समयसम्म भुक्तानी पाउन सकेका छैनन् । अहिलेसम्म सरकारले भुक्तानी गर्नुपर्ने रकम ९ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुगेको छ।

हालसम्म अनुदानसहित बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीको तर्फबाट संयूक्त रूपमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। कोरोना बीमा गर्दाको शुल्कवापत कम्पनीहरूले जम्मा १ अर्ब ५ करोड ५ लाख रुपैयाँ उठाएका थिए। हालसम्म १ लाख ३७ हजार ७५४ जनाको बीमा दावी परेको छ, तीमध्ये आधाभन्दा धेरैलाई भुक्तानी हुन बाँकी छ।

बिमक संघका अनुसार अर्थ मन्त्रालयमा रकम निकासाका लागि भनेर औपचारिक रूपमा पत्र पठाइएको छ। तर पत्रको कुनै जवाफ आएको छैन। ‘हामीले रकम निकासाका लागि भनेर अर्थ मन्त्रालयसँग पहल गरेका छौं’ बीमा समितिका सूचना अधिकृत निर्मल अधिकारीले भने। अर्थलाई दुई पटकसम्म पत्र पठाइएको उनले जानकारी दिए । तर अर्थले भने कुनै प्रतिक्रिया दिएको छैन।

यता आवद्ध निर्जीवन बीमा कम्पनीहरूले सरकारले रकम निकासा नगरेसम्म भुक्तानी नहुने स्पष्ट पारेका छन्। सरकारबाट रकम निकासा नभएपछि अहिले कोरोना बीमाको भुक्तानी पूर्ण रूपमा रोकिएको छ।

About The Author

अन्य समाचारहरु: