Thu. Nov 28th, 2024

बिहान चाडै उठ्ने सजिलो उपाय

878880102

विहान सबेरै उठ्नाले स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । यति जान्दाजान्दै पनि हामी बिहान उठ्न गाह्रो मान्छौं । तर यदि हामी बिहान सबेरै उठ्दैनौं भने कसरी हामी आफ्नो सबै कामहरू समयमै पूरा गर्न सक्दैनौं ।

अर्लामलाई आफुभन्दा यति धेरै टाढा राख्नुस् कि आवाज मात्र सुन्नियोस् र त्यसलाई बन्द गर्न आफैँ उठ्नुपरोस् ।

सुत्‍नुअघि आफूलाई केही आराम दिनुहोस् । पुस्तकहरू पढ्नुहोस् वा राम्रोसँग नुहाउनुहोस् । तपाईंको शरीरलाई थकान दिने वा तपाईंलाई अनिन्द्रामा पार्ने खालका कुनै पनि काम नगर्नुहोस् ।

रातको समयमा प्रोटिनयुक्त तथा क्षमताभन्दा बढि खानेकुरा नखानुहोस् । धेरै खाना खाएमा निद्रा चाँडो आउँछ र विहान ढिलासम्म सुत्ने हुन्छ ।

सुत्नुअघि विद्युतिय सामान ओछ्यानबाट टाढा राख्नुहोस् । राती सुत्दाखेरी मोवाइल तथा ल्यापटमसंगै राखेर तथा चलाएर ओछ्यानमा बस्नाले निद्रा हराउँछ ।

हरेक दिन विहान व्यायाम गर्नाले तपाईको शरीरलाई स्वस्थ बनाउँदछ र वजन पनि कम हुन्छ, त्यसैगरी यसले हाम्रो निन्द्रा पनि सुधार गर्दछ। अनिद्रा, चिन्ता, र डिप्रेसन भएका मानिसहरूलाई पनि यसले राम्रो प्रभाव पार्छ ।

राती अबेरसम्म बसेर काम नगर्नुहोस, यसले निन्द्रामात्र होइन मेरूदण्डमा पनि असर पुर्याउँछ ।

About The Author

अन्य समाचारहरु: