Mon. Mar 10th, 2025

आजदेखि युएईमा नेपालीहरुका लागि प्रवेश खुला

संयुक्त अरब इमिरेट्स (युएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ। युएईले आजदेखि लागू हुनेगरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ।

त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ।

युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन्।

About The Author

अन्य समाचारहरु: