Sun. Mar 16th, 2025

एनआरएनए अष्ट्रियाको अध्यक्षमा धादिङ मैदीकी भवानी तिवारी विजयी

भियाना– गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको अध्यक्षमा धादिङ मैदीकी भवानी तिवारी विजयी भएकी छन् । तिवारीले बाबा राजेश्वरी थापालाई पराजित गर्दै (एनआरएनए) अष्ट्रियाको ०३१–२३ को अभ्यक्षमा विजयी भएकी हुन् ।

सन् २००५ मा युरोपको साइप्रस पुगेकी तिवारी २०१२ देखि निरन्तर अष्ट्रियाको भियनामा छन् । नेपाली समाजमा भिज्न रुचाउने उनि एनआरएनए एनसीसी अष्ट्रियाको महिला संयोजक, संघको महासचिव हुँदै हाल अध्यक्षमा निर्वाचित भएकी हुन् ।

उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार धादिङबेसीका कुमार अधिकारी विजयी बनेका छन् । उनी एकदशक पहिलादेखि अष्ट्रियामा रहँदै आएका थिए ।

About The Author

अन्य समाचारहरु: