Tue. Mar 11th, 2025

टोकियो ओलम्पिक नेपालका सबै खेलाडीको चुनौती समाप्त

काठमाडौ –

यसअघिका ओलम्पिक जस्तै टोकियो ओलम्पिक पनि नेपालका लागि सहभागितामै सीमित बन्यो।

शुक्रबार सय मिटर दौडमा सरस्वती चौधरीले प्रतिस्पर्धा गरेसँगै सहभागी भएका नेपालका पाँच जना खेलाडीको चुनौती समाप्त भयो।

शुक्रबार विहान ओलम्पिक रंगशालामा कुदेकी सरस्वतीले सामान्य प्रदर्शन गरिन्। उनी दोस्रो हिटमा कुदेका नौ खेलाडी मध्ये आठौं स्थानमा रहिन्।

व्यक्तिगत समय समेत सुधार गर्न नसकेकी उनले निर्धारित दूरी १२।९१ सेकेन्डमा दूरी पूरा गरिन्। सरस्वतीको व्यक्तिगत उत्कृष्ट टाइमिङ १२स्५५ सेकेन्ड हो।

यसअघि पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्जान्डर ग्याडिगाड शाहले राष्ट्रिय कीर्तिमान बनाएका थिए। तर दुवै जना हिट चरणबाटै बाहिरिएका थिए।

गौरिकाले ५० मिटरको पौडी पोखरीमा ९लङ कोर्स० मा राष्ट्रिय कीर्तिमान बनाउने क्रममा गौरिकाले १ मिनेट ००।११ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन्।

सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका एलेक्जान्डरले निर्धारित दूरी ५३।४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका थिए।

यसअघि जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी थिइन्।

महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। जसमा इरिनाले इप्पोनको आधारमा सोनियालाई पहिलो राउन्डमै पराजित गरेकी थिइन्।

नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरेकी थिइन्। उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्।

कल्पनाले छनोट चरणमा ६१६।८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४।५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

About The Author

अन्य समाचारहरु: