Tue. Mar 11th, 2025

टोकियो ओलम्पिकमा नेपालकी गौरिकाको राष्ट्रिय कीर्तिमान

काठमाडौ– जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।

टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। एक सय मिटर फ्रिस्टाइलमा उहाँले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।  

गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए। जसमा उनी तेस्रो स्थानमा रहिन्। यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइलनमा प्रवेश गर्नेछन्। पचास मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन्। यसअघि उनको नाममा १ः००।६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो।  

ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो। यसअघि २०१६ मा गौरिका रियो ओलम्पिकमा सहभागिता जनाएकी थिईन्। 

About The Author

अन्य समाचारहरु: