Sun. Mar 16th, 2025

कांग्रेसको क्रियाशिल सदस्यता साढे ८ लाख बढी, बागमतिमा सबैभन्दा धेरै

काठमाडौ– नेपाली कांग्रेसको क्रियाशिल सदस्यता साढे ८ लाख नाघेको छ । क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले बुझाएको प्रतिवेदन अनुसार कांग्रेसको क्रियाशिल सदस्यता ८ लाख ५२ हजार ७११ पुगेको हो ।

कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । १४ औं महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन् ।

मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठको प्रतिवेदन बुझाइएको छ। उक्त विवरणमा जनसम्पर्क समितिको विवरण समेटिएको छैन ।

विवरण अनुसार कुल सदस्यको ७४ दशमलव २६ प्रतिशत पुरुष र २२ दशमलव ६२ प्रतिशत महिला रहेका छन् । यस्तै शून्य दशमलव शून्य २ प्रतिशत अन्य रहेका छन् ।
समितिले क्रियाशील सदस्यता टुंगो लगाउन बाँकी रहेकामा दुई प्रकृतिका छन्। १५औं महाधिवेशनमा क्रियाशील सदस्य हुन पाउने गरी केही नाममा समिति नै टुंगोमा पुगेको छ। सहमति बन्न नसकेका नामलाई टुंगो लगाउने जिम्मेवारी शीर्ष नेतालाई दिइने भएको छ।

१५औं महाधिवेशनमा क्रियाशील सदस्य हुन पाउने गरी समितिमा भएको निर्णयको आधारमा शीर्ष तहले थप समाधान खोज्ने कार्य गर्नेछैन। तर, समितिले विवादै रहेको भनेर किटान गरेका स्थानको फाइलमा शीर्ष तहबाट समाधान खोजिनेछ।

१५औं महाधिवेशनमा टुंग्याउने गरी समितिले तत्काललाई १२५ वडाका विवादित सदस्यताको हकमा समाधान निकालेको समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए।

यस्तो छ प्रदेशगत विवरण

About The Author

अन्य समाचारहरु: