Sat. Mar 1st, 2025

युवा लक्षित ३ महिने इलेक्ट्रोसियन तथा प्लम्बिङ तालिमको सुरु

IMG_3056

धादिङ – युवा लक्षित ३ महिने इलेक्ट्रोसियन तथा प्लम्बिङ तालिम सोमबारबाट धादिङबेसीमा सुरु भएको छ ।

हत्केलामा सीप थमाइ श्रृजनशील बनौँ उद्यमशीलता, रोजगारी र आयआर्जनको दायरालाई फराकिलो बनाइ जीवनस्तर सम्बृद्ध पारौँ भन्ने नाराका साथ युवाहरुलाई स्वेदशमा नै रोजगारी दिलाउनका लागि तालिमको आयोजना गरिएको आयोजकले जानकारी दिएको । तालिममा ७५ जना युवाहरुको सहभागीता रहेको छ । इलेक्ट्रिसियनमा ५० जना र प्लम्बरमा २५ जना तालिममा सहभागी भएका छन् ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयको चालु आव ०७१०७२ को रोजगार प्रवर्धन कार्यक्रम अन्र्तगत भूकम्प पीडित तथा विपन्न वर्ग लक्षित वर्गका लागि तालिमको आयोजना गरिएको आयोजक संस्था व्यावसायिक तथा सीप विकास तालिम केन्द्र गजुरी धादिङले जानकारी दिएको छ । तालिममा इलेक्ट्रोसियन तर्फ ईश्वर धमला र राजेन्द्र बाँनिया र प्लम्बिङ तर्फ राजन श्रेष्ठले सहभागीहरुलाई प्रशिक्षण गराउनु भएको छ ।

तालिमको आइतबार धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो ।

About The Author

अन्य समाचारहरु: