
sf7df8f}F, @( c;f/ . gjlgo'Qm k|wfgdGqL z]/axfb'/ b]pjfsf] ;+of]hsTjdf gjlgo'Qm dGqLx? -afns[i0f vfF8, 1fg]Gb| sfsL{, kDkmf e';fn / hgfb{g zdf{_, l;+xb/af/l:yt k|wfgdGqL tyf dlGqkl/ifb sfof{nodf a}7s a:b} . ;f] a}7sn] ;a} gful/snfO{ lgMz'Ns vf]k pknAw u/fpg] lg0f{o u/]sf] 5 . t:jL/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौ– सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि मन्त्रिपरिषद्को पहिलो बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरु गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तो अहिलेका प्राथमिकता
मन्त्रिपरिषद्को बैठकले सरकारको विभिन्न प्राथमिकता निर्धारण गरेको छ । त्यसमा शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरुत्थान गर्ने विषय पनि सरकारको उच्च महत्वमा रहेको छ ।
विकास निर्माण कार्यमा तीव्रता, दिँदै सार्वजनिक सेवाको प्रभावकारी वितरण वर्तमान सरकारको प्रमुख दायित्वमा रुपमा निर्धारण गरिएको छ । संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदुढीकरणलाई नवगठित सरकारले महत्वका साथ प्राथमिकतामा समेटेको छ । विपद्को प्राथमिकताका आधारमा व्यवस्थापन गरिनेछ । त्यस्तै, सरकारले स्थानीय तहको निर्वाचनलाई पनि आफ्नो प्राथमिकतामा समावेश गरेको छ ।