Fri. Nov 29th, 2024

प्रतिनिधिसभा विघटन बदर, २८ घण्टाभित्र देउवा प्रधानमन्त्री नियुक्त गर्न परमादेश

काठमाडौ – प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको जेठ ७ गतेको निर्णयलाई सर्वाेच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले भर्खरै यस्तो फैसला सुनाएको हो ।
साथै अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । सर्वाेच्चले दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र ७ दिनमा संसद बोलाउन आदेश पनि दिएको छ ।
प्रधानमन्त्रीका रुपमा देउवाको यो पाचौं कार्यकाल हुनेछ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापना गर्दै सर्वाेच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६९५० अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ ।
फैसलामा देउवालाई भोलि २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न भनिएको छ । अर्थात फैसला आएको २८ घण्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ ।
राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए ।

About The Author

अन्य समाचारहरु: