Tue. Mar 11th, 2025

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडाैं- कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले पराजित गर्दै उपाधि हात पारेको हो।

अर्जेन्टिनाले खेलको पहिलो हाफमा एक गोल गरेको थियो, जुन उपाधि रक्षाका लागि पर्याप्त बन्यो।

एन्जल डी मारियाले २२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पावलको पासमा गोल गरेका हुन्।

दोस्रो हाफमा दुवै टिमले थप गोल गर्न नसक्दा खेल १-० कै अवस्थामा सकिएको हो। ब्राजिलले बराबरीमा फर्कने प्रयास गरे पनि असफल बनेको थियो।

सेमिफाइनलमा ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका थिए। 

About The Author

अन्य समाचारहरु: