काठमाडौ – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री सशाँक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंह एक भएर अघि बड्ने भएका छन् ।
महामन्त्री सशाँक कोइरालाले पार्टी नेतृत्व हस्तान्तरण गर्ने बेला आइसकेको भन्दै अब आफू, सिंह र निधिमध्य एक जनाले नेतृत्व लिने उद्घोष गरेका छन् ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै कोइरालाले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने पनि बताए । गुट-उपगुटको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाएर सहमतिका साथ सभापतिको उम्मेदवार चयनका लागि आवश्यक वातावरण बनाउने कार्यमा निधि,सिंह र आफूबीच छलफल भैरहेको पनि उनले प्रष्ट पारेका छन् ।
‘सभापतिका लागि हामी ३ जनामध्ये कोही लड्छ भने ठीकै भयो । हामीमध्ये एकता हुनुपर्यो भन्ने कुरा आयो । यसमा धेरै कुरा उत्पन्न छन् । एउटा कि विमलेन्द्र निधीले शेरबहादुरजीलाई छाड्नुभयो भने भन्ने पनि संकेत देखिन्छ । दोश्रो कुरा हामी तीनै जनामध्ये एकजना लड्ने, तर त्यत्तिले पुग्दैन । रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ,प्रकाशमान र म त छँदैछु । बिमलेन्द्र निधि हुनुहुन्छ । मैले के भनेँ भने,हामी तीन जनाबाट ५ जना गरौं, ५ जनाबाट ७ जना गरौं,ताकि हामी एउटै सूत्रमा बाँधिन सकौँ भन्ने धारणा हाम्रो थियो । तर यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन’, उनले भनेका छन् ।
कोइरालरलाले सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल उमेरका हिसाबले पाको भैसकेकाले अभिभावकको भूमिकामा रहन सुझाव पनि दिए । ‘देउवाजीको धेरै उमेर भइसक्यो । रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ । उहाँको राजनीति धेरै उतारचढाव भयो ।’ अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरु आफै लड्ने विचार गर्दै हुनुहुन्छ । यसरी चाहिँ अप्ठयारो हुन्छ ।’
कोइरालाले असार मसान्तभित्र क्रियाशील सदस्यता टुंगो नलागे महाधिवेशन नै प्रभावित हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन् । भन्छन्, ‘४६ जिल्लामा भईसक्यो । त्यसमा पनि उजुरीहरु आएको छ, त्यसलाई पनि हेर्नुपर्यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुदैन । प्रश्न चिन्ह चाहीँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । र हामी क्रियाशिल सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौ’, न्युज एजेन्सीसँगको कुराकानीमा उनले भनेका छन् ।