
काठमाडौं- जारी कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो भएको छ। शनिबार बिहान भएको खेलमा पेरूलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो बनेको हो।
लुइस डियाजले इन्ज्युरीमा गरेको निर्णायक गोलबाट कोलम्बियाले पेरुमाथि जित हात पारेको हो।
खेलमा अग्रता ४५ औँ मिनेटमा योशिमर योतुनको गोलमार्फत पेरुले लिएको थियो। ४९औँ मिनेटमा कोलम्बियाका जुवान काउड्राडोले बराबरी गोल फर्काएका थिए। ६६ औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाका थिए तर ८२ औँ मिनेटमा पेरूका जियानलुका लापाडुलाले गोल गर्दै फेरि खेल बराबरीमा ल्याए।
खेल ट्राइब्रेकर तर्फ अघि बढ्दै गर्दा डियाजले उत्कृष्ट गोल गर्दै कोलम्बियाको जित सुनिश्चित गरेका हुन्। अब उपाधिका लागि आइतबार बिहान अर्जेन्टिना र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ।