
धादिङ – कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेको खेलमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार विहान सकिएको खेलमा इक्वेइडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।
अर्जेन्टिनाको जितमा डि पाउल, लाउटारो मार्टिनेज र लिओनल मेसीले एक-एक गोल गरे ।
खेलको ४० मिनेटमा डि पाउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेसीले उपलब्ध गराएको पासमा उनले बललाई गोल पोस्टको दिशा दिए ।
खेलको ४५ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाउने सुवर्ण अवसर खेर फालेको थियो । गोन्जालेजले मेसीको पासमा हेडमार्फत प्रहार गरेको थिए । तर उक्त प्रहारलाई इक्वेइडरका गोलकिपरले फर्काए । रिबाउन्डमा गोन्जालेजको प्रहार सफल हुन सकेन ।
८४ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । मेसीले दिएको पासमा मार्टिनेजले पेनाल्टी एरियाबाट फिनिसिङ गरेका थिए ।
दोस्रो हाफको इन्जुरी टाइममा इक्वेइडर १० खेलाडीमा सीमित बन्यो । अर्जन्टिनाका डि मारियालाई फल गरेपछि इक्वेइडरका हिन्कपीलाई रातो कार्ड दिइएको थियो ।
लगत्तै अर्जेन्टिनाले तेस्रो गोल गर्यो । लिओनल मेसीले उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए ।