काठमाडौ– नेकपा एमालेको विवाद मिलाउन दुबै पक्षका नेता भेटवार्तामा बसेका छन् । विवाद मिलाउन भन्दै दुबै नेताहरुबीच ललितपुरको सानेपास्थित समिट होटलमा साँझ भेटवार्ता र छलफल भएको छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शंखर पोखरेल सहभागी थिए । त्यसैगरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टलगायतका नेताहरुको सहभागी थिए ।
भेटमा नेता रावलले प्रधानमन्त्री तथा अध्यक्ष ओलीका तर्फबाट सहभागी नेताहरुलाई वार्ता र सहमतिबाट समस्याको समाधान गर्नुपर्नेमा आफूहरु तयार रहेको जानकारी गराउँदै एकतर्फी रुपमा भोलि बिहान बालुवाटारमा बोलाइएको केन्द्रीय समितिको कमिटीमा आफूहरु नजाने सर्वसम्मत निर्णय भएको जानकारी गराएका छन् ।
बालुवाटारलाई पार्टीको १०औं महाधिवेशनबाट निर्वाचित सम्पूर्ण समिति तथा संरचनाहरु पुनः कार्यान्वयनमा आउनुपर्ने, अन्यथा एकतर्फी रुपमा गरिएका निर्णयलाई स्वीकार गर्न नसकिने माधव पक्षले बताएको छ ।