धादिङ – बेनिघाट रोराङ-२, महादेवस्थानमा निर्माणाधीन ह्वासिन सिमेन्ट कम्पनी आसपासमा बाढी पसेको छ ।
कम्पनीको छेउमै रहेको मलेखु खोलामा आएको बाढि सिमेन्ट कम्पनीभित्र पसेको हो । सिमेन्ट कम्पनीको छेउछाउमा भएको सामान बगाएको छ ।
बाढिले स्थानीय सिताराम गुरुङ्ले संचालन गर्दै आएको होटल बगाएको छ । अर्को २ वटा होटलमा पनि बाढी पसेको छ ।
ह्वासिन सिमेन्टको तल्लो भागतिरका जग्गामा पनि बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
निर्माणाधीन सिमेन्ट कम्पनीमा काम गर्ने चाइनिजहरुको लेबर क्याम्पमा पनि बाढी पसेपछी कामदारहरुलाई सुरक्षित स्थानमा सारिएको छ । अघिल्लो बर्षको भन्दा ठूलो बाढी आएको स्थानीयले बताएका छन् । अघिल्लो बर्षको बाढिले सिमेन्ट कम्पनीमा ठूलो क्षति पुर्याएको थियो ।