Tue. Mar 11th, 2025

युराेकप ‘हाइ ड्रामा’ : पेनाल्टीमा फ्रान्सलाई हराउँदै स्विट्जरल्याण्ड क्वाटरफाइनलमा

काठमाडाैं-  पेनाल्टी सुटआउटमाविश्वकप विजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्याण्ड जारी युराेकप २०२० काे क्वाटरफाइनलमा पुगेकाे छ।

रोमानियाको नेशनल एरिनामा मंगलबार बिहान भएकाे प्रि–क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा ५- ४ जित निकाल्दै  स्विट्जरल्याण्ड अन्तिम ८ मा पुगेकाे हाे। 

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम, प्रेस्नेल किम्पेम्बेले गोल गरे। तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके। यता, स्विट्जरल्याण्डका मारियो गाभ्रानोभिच,  फाबियन सेर, अकान्जी  म्यानुएल,  रुबेन भेर्गास, एडमिर  मेहमेदी पेनाल्टीमा गोल गरे।

यस अगाडि निर्धारित ९० मिनेटकाे खेल ३-३ गाेलकाे बराबरीमा सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएकाे थियाे। तर, उक्त ३० मिनेटमा पनि दुवै टाेलीबाट गाेल हुन सकेन र खेल ‘हाइ ड्रामा’मा पुगेकाे थियाे।

अब स्विट्जरल्याण्डले क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ। मंगलबार नै भएको खेलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाइसकेकाे छ।

About The Author

अन्य समाचारहरु: