
काठमाडाैं- अतिरिक्त समयमा २ गाेल गर्दै स्पेन जारी युराेकप २०२० काे क्वाटरफाइनलमा पुगेकाे छ। डेनमार्कको पार्केन एरिनामा साेमबार राति भएकाे खेलमा दुवै टाेलीबाट निर्धारित समयमा ३-३ गाेल भएपछि खेल अतिरिक्त समयमा धकेलिएकाे थियाे।
एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको स्पेनले ३-१ को स्थितिबाट अन्तिम समयमा २ गोल खाएपछि खेल अतिरिक्त समयमा पुगेकाे हाे।
यद्यपि, अतिरिक्त समयमा २ गाेल गर्दै स्पेनले समग्रमा ५-३ काे जित आत्मसाथ गर्याे। २०औं मिनेटमा पेड्रीले मैदानको बीच भागबाट गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो।
ठिक अगाडी पुग्दा उनले बल रोक्ने प्रयास गर्दा खुट्टामा लाग्दै पोस्टमा छिरेको थियो। युरोको यस संस्करणमा यो नवौं आत्मघाती गोल हाे।