Thu. Nov 28th, 2024

नेत्रावती डबजोङ्को बजेट ३९ करोड १० लाख

धादिङ – नेत्रावती डबजोङ गाउपालिकाले आ.ब. २०७८/०७९ मा कूल रकम ३९ करोड १० लाख ९४ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ।

केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक आम्दानी र गाउँपालिकाको संचित कोषबाट खर्च हुनेगरी बजेट ल्याइएको हो  । सरकारी तथा गैर सरकारी सघं सस्थाहरुले सञ्चालन गर्ने कार्यक्रमहरु यो बजेटमा समाबेस गरिएको छैन ।

आर्थिक विकास तर्फ २४ लाख ५० हजार मध्ये कृषिमा १३ लाख ५० हजार र पशुमा ११ लाख विनियोजन गरिएको छ ।  सामाजिक विकास अन्तर्गत शिक्षामा १ करोड ५० लाख ९४ हजार, स्वास्थ्यमा ७४ लाख ५३ हजार, लैगिंक समानता तथा समाबेशीकरण, पोषण तथा लक्षित वर्ग तर्फ १३ लाख एवं खानेपानी तथा सरसफाई तर्फ ३० लाख विनियोजन गरिएको गरिएको छ ।

बजेटमा सडक स्तरोन्नती, खानेपानीको पहुँच विस्तार, उत्पादनमा वृद्धि गरी आर्थिक विकास, कृषिको व्यावसायीकरणलाई प्राथमिकतामा राखिएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अर्गानिक उत्पादन बडाउदै शिक्षा र स्वास्थ्य क्षेत्रमा गाउँवासीको पहुच सरल बनाउनेतर्फका कार्यक्रमलाई जोड दिइएको गाउँपालिका उपाध्यक्ष एवं संयोजक उर्मिला तामाङ गुरुङले बताएकी छन् ।

‘सार्वजनिक निर्माण अन्तर्गत रहेका नितान्त प्राबिधिक विषय र खरिद गर्नुपर्ने सामाग्री बाहेक सबैमा प्रत्येक शिर्षकमा छुट्याईएको कुल रकम को ३ प्रतिशत कन्टिन्जेन्सी र पूर्वाधार निर्माण तर्फ २० प्रतिशत श्रमदान वा नगद जनसहभागितालाई समेत वजेटमा समाहित गरिएको छ’,  उपाध्यक्षले प्रस्तुत गरेको बजेट बक्तब्यमा भनिएको छ,  ‘यस गाउँपालिकाभित्र संचालन हुने आयोजना, योजनाहरुको व्यवस्थापन गर्नका लागि सर्भे, डिजायन कन्टेन्जेन्सी रकम मार्फत गरिने व्यवस्था गरेको छु । साथै समपुरक कोष बापत आवश्यक बजेट समेत विनियोजन गरेको छु ।’

About The Author

अन्य समाचारहरु: