Sun. Mar 16th, 2025

दक्षिण अफ्रिकाकी महिलाले एकै पटकमा १० बच्चा जन्माएको कुरा झुठो

एजेन्सी –

यसअघि ३६ वर्षीया गोसियामी थामारा सितहोलले एकै पटकमा १० बच्चा जन्माएको दाबी गरिएको थियो। दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएको कुरा झुठो सावित भएको छ।

यसअघि जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चार माध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका थिए।

गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको पुष्टी गरेको थियो । थामाराका आफन्तहरूले दिएको विवरणलाई आधार मानेर प्रतिष्ठित अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि यसबारे समाचार छापिएका थिए।

पछिल्लो समय अनुसन्धानबाट ती महिला केही समयअघि गर्भवती पनि नरहेको र उनको शरिरमा शल्यक्रियाबाट बच्चा जन्माएको कुनै खत पनि नदेखिएको खुलेको छ।

एउटा रिटेलस्टोर म्यानेजरको काम गर्ने गोसियामीले यसअघि पनि जुम्ल्याहालाई जन्म दिएकी थिइन्। एकैचोटी जन्मेका १० बच्चालाई आफू र श्रीमानले हुर्काउन नसक्ने भन्दै उनले सहयोगको अपिल गरेकी थिइन्।

उनीहरूका लागि झन्डै ७० हजार अमेरिकी डलर सहयोग जुटेको थियो । संसारमै नभएको कुरा आफ्नो देशमा भएपछि दक्षिण अफ्रिकाका अधिकारीहरूले यो घटनामा अनुसन्धान थालेका थिए।

About The Author

अन्य समाचारहरु: