धादिङ–धादिङको थाक्रे गाउँपालिकाले आर्थिक बर्ष २०७८र७९ को लागि ८१ करोड ६ लाख ६३ हजारको बजेट विनियोजन गरेको छ । गाउँपालिकाको बुधबार सम्पन्न नवौँ गाउँसभामा उपाध्यक्ष अम्बिका रुपाखेतीले बजेट सार्वजनिक गरेकी हुन् ।
बजेटमा आर्थिक विकास तर्फ ३४ लाख, कृषि तर्फ २ करोड ४१ लाख ६७ हजार, पर्यटन बिकास तर्फ २ करोड ५४ लाख, पशु बिकास तर्फ ७१ लाख, सहकारी तर्फ १० लाख बिनियोजन गरिएको छ ।
त्यसैगरी सिँचाईका लागी १ करोड २८ लाख, सामाजिक विकास तर्फको खानेपानीका लागि १ करोड ५६ लाख, भाषा तथा संस्कृति तर्फ १ करोड २५ लाख, महिला बालबालिका तर्फ १ करोड ६२ लाख, युवा तथा खेलकुद तर्फ १० करोड १ लाख ५० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ १० लाख, शिक्षामा २४ करोड २७ लाख ७२ हजार विनियोजन गरिएको छ ।
स्वास्थ्य तर्फ ५ करोड ९३ लाख ६० हजार, यातायात पुर्वाधार तर्फ ३६ लाख, सडक तर्फ १८ करोड ४ लाख १४ हजार,सम्पदा पूर्वाधार तर्फ १ करोड ५५ लाख,आवास तथा शहरी विकास तर्फ ७ करोड ८८ लाख, कार्यालय तथा प्रशासनिक तर्फ ९ करोड १५ लाख ५० हजार, गरिबी निवारण तर्फ १ लाख र तथ्यांक प्रणाली तर्फ ६३ लाख गरि कुल ८१ करोड ६ लाख ६३ हजार बजेट प्रस्तुत गरिएको छ ।