Sun. Mar 16th, 2025

चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो

एजेन्सी –

चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तिब्र बनाइएको जनाएको छ । मुख्य शहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाई छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जनसंख्याको करिब २१ प्रतिशतलाई खोप दिइएको छ । अर्थात् विश्वभर २ अर्ब ५० करोड डोज खोप लगाइएको छ, र हरेक दिन तीन करोड ३९ लाखले खोप लगाइरहेका छन् ।

तर न्यून आय भएका मुलुकहरुका ०.८ प्रतिशत जनसंख्याले मात्र कम्तिमा एक डोज खोप लगाएका छन् ।

पछिल्लो विवरण अनुसार दोस्रो स्थानमा रहेको संयुक्तराज्य अमेरिकामा ३१ करोड २९ लाख डोज खोप लगाइएको छ । त्यसपछि तेस्रो स्थानमा रहेको भारतमा २५ करोड ८३ लाखले खोप लगाएका छन् ।

About The Author

अन्य समाचारहरु: