Fri. Nov 29th, 2024

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।


चितवन –बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पोडेलले चितवनको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

नारायणी नदीले कटान गरेको भरतपुर महानगरपालिका वडा नं २७ को न्युरे चोक, गोलाघाट, वडा नं २६ को सिस्वार र १७ को गाँजपुरस्थित नदी तटीय क्षेत्रको अवलोकन गरेका छन् । लगातार परेको पानीले नारायणी नदीको बहाव बढेर जोखिममा परेका वरपरका बस्तीमै पुगेर मुख्यमन्त्री पौडेलले स्थानीयका समस्या बुझेका छन् ।

प्रभावित बस्तीको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले मानव बस्तीलाई सुरक्षित गर्न तत्कालका लागि गर्न सकिने कामका लागि प्रदेश सरकारले यथोचित बजेट उपलब्ध गराउने बताए ।


भरतपुर महानगरपालिकाको वडा नं २६ र वडा नं २७ का विभिन्न स्थानमा बाढी पसेको छ । केही घरहरुमा पानी पसेको छ भने चैते धानलगायतका अन्नबालीमा बाढी पसेर क्षति भएको छ । दीर्घकालिन योजना बनाएर तटबन्धनको काम अघि बढाउने बारे छलफल गरिने उनको भनाइ छ । यो वर्षातमा पुनः बाढी आउन सक्ने भन्दै मुख्यमन्त्री पौडेलले सबैलाई सचेत हुन आग्रह गरेका छन् ।


अवलोकनमा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपिया, नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावल, प्रदेश सांसद विजय सुवेदी र कृष्ण भूर्तेल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने लगायतको उपस्थिति थियो ।
क्याप्सन ः चितवनका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

About The Author

अन्य समाचारहरु: