Thu. Nov 28th, 2024

सात प्रदेशको बजेट : २ खर्ब ६१ अर्ब (कहाँ कस्तो छ हेर्नुस्)

काठमाडौं– आगामी आर्थिक वर्ष २०७८/७९ मा सात वटा प्रदेशले कुल २ खर्ब ६१ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । मंगलबार सात वटै प्रदेशले आगामी आर्थिक वर्षको वार्षिक आयव्ययको विवरण प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

प्रदेशहरुले स्वास्थ्य, भौतिक पूर्वाधार र कृषि र रोजगारीलाई बढी प्राथमिकता दिएर बजेट ल्याएका छन् ।

प्रदेश सरकारहरुले ल्याएको बजेटको कुल आकार चालु आर्थिक वर्षको तुलनामा केही खुम्चिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा प्रदेशहरुले २ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । आर्थिक वर्ष २०७६/७७ वर्षमा २ खर्ब ५९ अर्ब ६० करोडको थियो ।

प्रदेशहरुले आन्तरिक स्रोत, वित्त हस्तान्तरण र अनुदानका रुपमा प्राप्त हुने रकमलाई आफ्नो बजेटको स्रोतका रुपमा राखेका छन् । अधिकांश प्रदेशहरुले बजेटको स्रोतको मुख्य अंशका रुपमा चालु आर्थिक वर्षमा खर्च नभएर मौज्दात हुने रकमलाई पनि राखेका छन् । केही प्रदेशले आन्तरिक ऋण उठाउने पनि उल्लेख गरेका छन् ।

महामारीका कारण खर्च गर्ने क्षमता झन् कमजोर भएका बेला प्रदेशले खर्च गर्न सहज हुने खालका वितरणमुखी कार्यक्रम बजेटमा राखेका छन् ।

प्रदेश-१ : स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा
बजेट  : ३२ अर्ब ४६ करोड ९२ लाख

प्रदेश २ : वितरणमुखी कार्यक्रम
बजेट : ३३ अर्ब ७९ करोड १४ लाख

बागमती प्रदेश : संघको नक्कल 
बजेट : ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार

गण्डकी प्रदेश : नियमित खालको बजेट
बजेट : ३० अर्ब ३ करोड ९४ लाख २७ हजार

लुम्बिनी प्रदेश : घोषणाको चाङ
बजेट : ४० अर्ब ९५ करोड ९७ लाख

कर्णाली प्रदेश : वितरणमै जोड
बजेट : ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार

सुदुरपश्चिम प्रदेश : कर्मकाण्डी बजेट
बजेट : ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार

About The Author

अन्य समाचारहरु: